सही ठाउँ, सही मूल्य र सही प्रक्रिया – हामीसँग!
स्काइ रियल एस्टेट नेपालमा घर, जग्गा तथा व्यावसायिक भवन किन्न, बेच्न र भाडामा दिन चाहने व्यक्तिहरूका लागि विश्वासिलो र अग्रणी अनलाइन प्लेटफर्म हो। हामी क्रेता, विक्रेता र सम्पत्ति धनीहरूलाई एउटै स्थानमा जोड्ने काम गर्दछौ।
हामीले बजारमा प्रस्तुत गर्ने प्रत्येक घर तथा जग्गामा स्पष्ट कानुनी कागजात, गुणस्तरीय निर्माण तथा उपयुक्त स्थान सुनिश्चित गर्दछौं। आवासीय घरदेखि व्यावसायिक भवनसम्म, हरेक चरणमा हामी तपाईंलाई सही मार्गदर्शन मार्गदर्शन मार्गदर्शन प्रदान गर्दछौं।
नयाँ घर जग्गा खोज्न, खरिद गर्न, बिक्री गर्न वा भाडामा लिन चाहनुहुन्छ भने स्काइ रियल एस्टेट तपाईंको भरपर्दो साझेदार हो। हामी तपाईंको रियल एस्टेट यात्रालाई सरल, सुरक्षित र सफल बनाउने प्रतिबद्धता गर्दछौं।
यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछ।
प्रचलित कानुनको अधिनमा रही उचित शुल्क लिई रियलस्टेट समबन्धि समपूर्ण कार्य गर्ने, गराउने र विभिन्न व्यक्ति, कम्पणी, फर्म, संघ संस्था तथा निजी निकायहरुले निमार्ण गरेका वा बिक्री गर्न चाहेका घर, भवन , घरका फल्याट, जग्गा तथा घडेरिहरु खरिद बिक्री गर्नु।
एकमुष्ठ जग्गा खरिद गरी त्यसलाई आवश्यक प्लानिङ तथा प्लटिङ गरी वा एकमुष्ठ पनि बिक्री वितरण गर्ने।
नेपाल राज्य भित्र जुनसुकै क्षेत्रको जग्गा घर खरिद तथा विक्री गर्ने गराउने।
जग्गा खरिद गरिसकेपछि त्यस जग्गालाई प्लानिङ तथा प्लटिङ गरी उक्त प्लानिङ तथा प्लटिङ घडेरीमा यस कम्पनी स्वयंले आधुनिक डिजाइनका घर वंगला निर्माण गरी आवासीय एरिया कायम गरी त्यसलाई विक्री वितरण गर्ने
आवसक्षेत्रको लागि चाहिने न्यूनतम पुर्वाधारका वस्तुहरू विजुली,टेलिफोन, खानेपानी, ढल समेतको व्यवस्था गर्ने गराउने